
तौलिहवा । कपिलवस्तु जिल्लाको शुद्धोदन गाउपालिका वडा नं ५ जयनगरमा ग्यास सिलिन्डमा खाना पकाउनेक्रममा जलेर मृत्यु भएको छ । आईतवार साझ घरमा रहेको ग्यासमा खाना पकाउनेक्रममा एकै घरका दाजु बहिनी २५ बर्षिय शिव कुमार यादव र १८ बर्षिया सोनम यादवको मृत्यु भएको हो ।
खाना पकाउने क्रममा ग्यासको रेगुलेर खुले पछि आगो लागेको थियो । आगोले गंभिर घाइते भएका दुबै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक निरंजनदत्त भट्टले जानकारी दिए ।
मृतक सोनम राष्ट्रिय माध्यमिक विद्यालय मुरफुटवामा कक्षा १० मा अध्ययरत थिईन । विद्यालयमा सोमवार शोक बिदा दिइएको प्रअ लालचन्द पाण्डेयले बताए ।