सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरण : विक्रम पाण्डेसहित २२ विरुद्ध संगठित अपराध कसुरमा मुद्दा दर्ता

दियोपोस्ट संवाददाता  

 

काठमाडौँ – नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालय को सूचना प्रणालीमा अनधिकृत पहुँच पु¥याई ठेक्का प्रक्रियामा हेरफेर गर्ने र क्रिप्टोकरेन्सीमार्फत अवैध कारोबार गर्ने संगठित गिरोहमाथि जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र दायर गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दर्ता गरेको हो । पूर्वमन्त्री तथा राप्रपाका नेता विक्रम पाण्डेसहित २२ विरुद्ध अभियोग पत्र दर्ता भएको हो । यो गिरोहले आइएमस सफटवेयर प्रा.लीद्वारा सञ्चालित डेटा हबको क्लाउड सर्भरमा परीक्षणका लागि प्रयोग गरेको भिपिएस सर्भरलाई माध्यम बनाएर सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र प्रणाली नै ह्याक गरेका थिए । नेपाल प्रहरीका साइबर ब्युरोको अनुरोधमा सीआइबीले कालिका निर्माण सेवाका मालिक पाण्डे, आशिष निर्माण सेवाका ऋषिकेश गौली लगायत २२ जना व्यक्तिलाई पक्राउ गरेको थियो ।

अभियुक्तहरु मध्ये केहीले ठेक्का ह्याकिङ बापतको कमिशन क्रिप्टो करेन्सी र विटक्वइन मार्फत समेत लिएको अनुसन्धानमा देखिएको छ ।

को माथि कस्तो अभियोग ?

दिवाकर देउजाः सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कम्प्युटर अपरेटरका रूपमा कार्यरत देउजाले सरकारी स्रोतको प्रयोग गरी प्रणालीमा आक्रमण गरेको अभियोग छ. ।

सञ्जय भट्टः सोली थुम्का निर्माण सेवाका सञ्चालक भट्टको उपकरणबाट भिपिएससर्भर पहुँच गरेको र अवैध लेनदेनमा संलग्न रहेको प्रमाण भेटिएको छ ।
प्रतिवादीहरू विरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४५ र ४६, मुलुकी अपराध संहिता, २०७४ को मुद्रा सम्बन्धी कसूर र संगठित अपराध निवारण ऐन, २०७० बमोजिम सजायको माग गरिएको छ. अनुसन्धानका क्रममा करिब १ करोड रुपैयाँभन्दा बढीको बिटक्वाइन कारोबार भएको तथ्य समेत फेला परेको छ।

अभियुक्तहरूको नामावली र विवरण:

 

१. दिवाकर देउजा: सघन सहरी तथा भवन निर्माण आयोजना (PUDBC), धनकुटाका कम्प्युटर अपरेटर.

२. भरत धामी: बझाङ, दुर्गाथली निवासी.

३. सञ्जय भट्ट: सोली थुम्का निर्माण सेवाका सञ्चालक.

४. सागर कटुवाल: कटुवाल कन्स्ट्रक्सन र शिवओम सप्लायर्सका सञ्चालक.

५. भाष्कर राज अर्याल: काठमाडौँ महानगरपालिका-३३ निवासी.

६. जीबन कुमार दास: गीताञ्जली कन्स्ट्रक्सनका सञ्चालक.

७. अनिल श्रेष्ठ: शिभांश निर्माण सेवाका सञ्चालक.

८. टंक कुमार श्रेष्ठ: भिसान कन्स्ट्रक्सनका सञ्चालक.

९. अमृत बोहोरा: चपुर निर्माण सेवाका सञ्चालक.

१०. बिक्रम पाण्डे: कालिका कन्स्ट्रक्सनका सञ्चालक.

११. स्वदेश पोखरेल: Incon Pvt. Ltd. का सञ्चालक.

१२. प्रकाश ढुङ्गाना: कल्पवृक्ष बिल्डर्सका सञ्चालक.

१३. ऋषिकेश गौली: आशिष निर्माण सेवाका सञ्चालक.

१४. राहुल जङ्ग कार्की (फरार): K.B.K. Construction का सञ्चालक.

१५. नारायण प्रसाद सिटीखु (फरार): मान कन्स्ट्रक्सनका सञ्चालक.

१६. इन्द्र बहादुर बोहरा (फरार): Ramita Infrastructure का सञ्चालक.

१७. शान्त कुमार श्रेष्ठ (फरार): एस.के. कन्स्ट्रक्सनका सञ्चालक.

१८. निरन्जन खनाल (फरार): Dakshinkali All Over Contact & Construction का सञ्चालक.

१९. कृष्ण बहादुर खत्री (फरार): नन्दी कन्स्ट्रक्सनका सञ्चालक.

२०. ज्योति सुवेदी (फरार): आशिष निर्माण सेवाका खरिद अधिकृत (Procurement Officer).

२१. सरोज दाहाल (फरार): चपुर निर्माण सेवा र कल्पवृक्ष निर्माण सेवाका सञ्चालक.

२२. सुजन अधिकारी (फरार): Rising Peak Construction का सञ्चालक.

सिफारिस