काठमाडौँ । हयात प्लेस बुटवल सञ्चालनमा आएको ६ महिनामै तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। होटेलले ‘नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६’, ‘नेपालको उत्कृष्ट होटेल अवार्ड २०२६’ तथा ‘नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६’ प्राप्त गरेको हो।
यी सम्मानहरू प्रतिष्ठित होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन र वल्र्डवाइड बेस्ट होटेल डट कम द्वारा प्रदान गरिएको बताइएको छ । होटेलका अनुसार सञ्चालनमा आएको छोटो अवधिमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यस्तो पहिचान हासिल गर्नु महत्वपूर्ण उपलब्धि हो। अवार्डहरूले होटेलका विश्वस्तरीय सुविधा, आकर्षक कार्यक्रम स्थल, उत्कृष्ट अतिथि सेवा तथा व्यवस्थापनलाई मान्यता दिएको जनाइएको छ।
विशेषगरी ‘नेपालकै उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६’ अवार्डले होटेलको ब्यांक्वेट सेवा तथा विवाह समारोह व्यवस्थापन क्षमताको प्रशंसा गरेको छ। त्यस्तै ‘नेपालकै उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६’ ले होटेलका महाप्रबन्धक तुषार नागरको नेतृत्वलाई सम्मान गरेको हो। अवार्ड प्राप्तिपछि प्रतिक्रिया दिँदै महाप्रबन्धक नागरले छोटो समयमै तीन प्रतिष्ठित अवार्ड प्राप्त गर्नु सम्पूर्ण टोलीको मेहनत, समर्पण र उत्कृष्ट आतिथ्य सेवाको परिणाम भएको बताए। उनले बुटवलको हस्पिटालिटी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्यसहित काम गरिरहेको उल्लेख गरे।
होटेलले आगामी दिनमा पनि पर्यटन प्रवर्द्धन तथा अतिथिहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्यसहित अघि बढ्ने जनाएको छ। बुटवलको केन्द्रमा रहेको हायात प्लेस बुटवलले आधुनिक सुविधा, उत्कृष्ट डाइनिङ सेवा तथा विभिन्न कार्यक्रमका लागि बहुउद्देश्यीय स्थल उपलब्ध गराउँदै आएको छ। व्यापारिक तथा मनोरञ्जनका लागि यात्रा गर्ने स्वदेशी तथा विदेशी पाहुनालाई लक्षित गर्दै होटेल सञ्चालन भइरहेको जनाएको छ।
