काठमाडौँ । टर्किस एयरलायन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टायर पड्किएपछि यात्रुहरूको आकस्मिक उद्धार गरिएको छ । इस्तानबुलबाट काठमाडौं आएको विमानको टायर विस्फोट भएको हो ।
विमानस्थलमा रहेका पाइलट बेद उप्रेतीका अनुसार अवतरणका क्रममा विमानको एउटा टायर विस्फोट भएको थियो । टायर फुटेपछि पांग्राको भाग तथा इन्जिन नजिक आगो र धुवाँ देखिएको उनले जानकारी दिए।
घटनापछि चालक दल र विमानस्थल प्रशासनले सुरक्षालाई ध्यानमा राख्दै यात्रुहरूलाई विमानको नियमित ढोकाबाट नभई इमर्जेन्सी स्लाइडमार्फत बाहिर निकालेका थिए।
यात्रुहरूको सुरक्षित उद्धार गरिएको र हालसम्म कुनै गम्भीर मानवीय क्षतिको जानकारी प्राप्त नभएको बताइएको छ।