सगरमाथा आरोही विजय घिमिरे विश्वकर्माको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली अर्पण (फोटोफिचर)

दियोपोस्ट संवाददाता  

काठमाडौं । सगरमाथा आरोही विजय घिमिरे विश्वकर्माको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल पर्वतारोहण संघको कार्यालयमा आज आयोजित कार्यक्रममा आरोही विश्वकर्माप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

विश्वकर्माको आइतबार बिहान सगरमाथा आरोहण गरी फर्किने क्रममा लेक लागेर मृत्यु भएको थियो । बिहान करिब ४ बजे शिखरबाट फर्किने क्रममा उनको स्वास्थ्य अवस्था अचानक बिग्रिएको बताइएको छ ।

उनको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवार स्रोतले जनाएको छ । श्रद्धाञ्जली कार्यक्रममा पर्वतारोहण क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, आरोही तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

फोटोः रीता बुढाथोकी