काठमाडौँ । प्रतिनिधि सभाको आज बसेको बैठकमा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री वालेन्द्र शाहको राजिनामा माग गरेका छन्। सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको सट्टा सभामुखले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न समय दिएपछि विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका हुन्।
सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको थियो । तर, प्रधानमन्त्री अनुपस्थित भएपछि सभामुखले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न समय दिएका थिए ।
प्रधानमन्त्रीले सदनलाई निरन्तर वेवास्ता गर्दै आएको भन्दै विपक्षी दलका संसदले उठेर नारावाजी गर्दै प्रधानमन्त्रीको राजिनामा माग गरेका हुन्।