काठमाडौं । विपक्षी दलका सांसदहरुको बिरोध पछि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ । सभामुख डिपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेको बैठक एक घण्टा पछि सुरु भएको हो ।
विपक्षी दलहरूले प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने लगायतका माग राख्दै सदन अवरुद्ध गरेका थिए। बैठक पूनः सुचारु गर्नका लागि सभामुख डिपी अर्यालले बिपक्षी दलका सांसदहलाई रुलिङ गरिहेका छन् । तर प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भई संसदमा जवाफ नदिएसम्म संसद विपक्षी सांसदहरुले बैठक अबरुद्ध जारी राखेका छन् ।