काठमाडौँ । राजस्व चुहावटसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–३१ का प्रविन्द साह गोढलाई बुधबार दिउँसो पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार गोढविरुद्ध पर्सा जिल्ला अदालतले राजस्व चुहावट मुद्दामा ६ महिना कैद सजायसँगै ३ करोड १२ लाख ६० हजार ८० रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको फैसला पछि उनी फरार भई विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए।
पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पर्सा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।