काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादन गरिएका दुई ब्रान्डका चाउचाउ तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। १०० ग्रामको ‘करेन्ट’ नुडल्स र ५० ग्रामको ‘लाली’ चाउचाउ गुणस्तर मापदण्ड विपरित भेटिएपछि बजारबाट हटाउन आदेश जारी गरेको हो ।
ति उत्पादनमा सरकारले निर्धारण गरेको अनिवार्य गुणस्तर मापदण्डअनुसार ‘एक्सट्राक्टेड फ्याट’को एसिड भ्यालु नपाइएको बिभागले जनाएको छ । १०० ग्रामको करेन्ट नुडल्स र ५० ग्रामको लाली चाउचाउमा गुणस्तर मापदण्डअनुसार एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको बताइएको छ ।
त्यसैगरी, सुनसरीको दुहबीस्थित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि.द्वारा उत्पादित ‘ज्याकन्याक क्रेकर्स’ बिस्कुट पनि गुणस्तरहीन भेटिएपछि विभागले उक्त उत्पादनलाई समेत तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको जनाएको छ।