बढ्दो बेरुजुप्रति राष्ट्रपतिको चिन्ता, आर्थिक अनुशासन कायम गर्न आग्रह

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ। महालेखापरीक्षक तोयम रायाले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई उक्त प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले सरकारी खर्चमा वर्षेनी बढ्दै गएको बेरुजुले सार्वजनिक निकायहरूको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कमजोर हुँदै गएको संकेत गरेको बताएका छन्। उनले बेरुजु फर्छ्योट गर्दै वित्तीय अनुशासन कायम गर्न सम्बन्धित निकायका पदाधिकारीहरू अझ जिम्मेवार र उत्तरदायी बन्नुपर्ने आवश्यकता औंल्याए।

राष्ट्रपति पौडेलले अनियमित सरकारी खर्चलाई नियन्त्रण गरी आर्थिक अनुशासन सुदृढ बनाउन सके दिगो शान्ति, सुशासन, विकास र समृद्धिप्रतिको युवापुस्ताको आकाङ्क्षा पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले प्रतिवेदनमा उल्लेख गरिएका विषयहरूले सम्बन्धित निकाय र सरोकारवालाहरूलाई थप जिम्मेवार बन्न प्रेरित गर्ने धारणा पनि राखे। साथै, बढ्दो बेरुजु न्यूनीकरण गर्दै पारदर्शिता, आर्थिक अनुशासन र जवाफदेहिता कायम राख्न महालेखापरीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संस्थागत क्षमता, पेशागत दक्षता र आन्तरिक सुशासन सुदृढ बनाउन कार्यालय अझ सक्रिय हुनुपर्ने बताए।

सिफारिस