प्रकाश पाठक पुर्पक्षका लागि थुनामा, काठमाडौँ जिल्ला अदालतको आदेश

दियोपोस्ट संवाददाता  

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई ज्यान मार्ने धम्की दिएको आरोपमा मुद्दा दायर भएका प्रकाश पाठकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

न्यायाधीश सुदर्शन लामिछानेको इजलासले शुक्रबार पाठकलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८० अनुसार थुनुवा पूर्जी जारी गर्दै उनलाई कारागार पठाउन निर्देशन दिएको छ।

पाठकविरुद्ध आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबार तथा सङ्गठित अपराधसम्बन्धी विभिन्न कसुरमा सजायको मागसहित जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको थियो।

 

सिफारिस