काठमाडौं । प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका डा. मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ । यसका लागि संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजे बोलाइएको छ ।
विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने बैठकमा डा. शर्माविरुद्ध दर्ता भएका उजुरी खोल्ने तथा सुनुवाइसम्बन्धी कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको समितिकी उपसचिव सावित्रा शर्माले जानकारी दिएकी छन् । स्रोतका अनुसार उनीविरुद्ध सात वटा उजुरी परेको बताइएको छ ।
गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने कानुनी व्यवस्था रहेको छ ।