डा.मनोजकुमार शर्मा सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीश पदमा नियुक्त

दियोपोस्ट संवाददाता  

काठमाडौँ । डा. मनोजकुमार शर्मा सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीशमा नियुक्त भएका छन्। संवैधानिक परिषद्को गत वैशाख २४ गतेको बैठकले उनलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेपछि उनले आज औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका क्रममा यस पटक वरिष्ठताको परम्परा तोड्दै डा. शर्माको नाम सिफारिस गरिएको हो। विगतमा संवैधानिक परिषद्ले वरिष्ठताका आधारमा सिफारिस गर्ने अभ्यास रहँदै आएकोमा यसपटक वरीयता क्रम मिचिएको छ।

संविधानको धारा १२९ अनुसार सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीश बन्न योग्य हुने व्यवस्था छ। सोही आधारमा डा. शर्मा योग्य ठहर हुँदै नियुक्त भएका हुन्।

२०२७ असार ४ गते पर्साको वीरगन्जमा जन्मिएका डा.शर्माले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक र भारतको पुणे विश्वविद्यालयबाट कानुनमै स्नातकोत्तर गरेका छन्। कानुनी पृष्ठभूमिमा उनी विभिन्न कम्पनी तथा संस्थाका कानुनी सल्लाहकारका रूपमा समेत कार्यरत रहेका थिए।

न्यायिक करियरमा उनले २०७० जेठ २७ देखि २०७२ मंसिर २६ सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। साथै, उनले नेपाल तथा विदेशमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी सम्मेलनहरूमा सहभागीता जनाएका छन्।

 

सिफारिस