लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई ५० लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

दियोपोस्ट संवाददाता  

काठमाडौं । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ता लाई सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेल को संयुक्त इजलासले गुप्तासँग ५० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी अथवा जेथा जमानत लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।

यसअघि विशेष अदालतले २०८२ पुस १७ गते गुप्तालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। विशेष अदालतको उक्त आदेशविरुद्ध गुप्ताले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

पोखराको लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गुप्तासहित अन्य व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त प्रकरणमा मालपोत कार्यालयका कर्मचारीको सरुवा रोक्ने तथा विभिन्न नियुक्तिसम्बन्धी प्रभाव प्रयोग गरिएको आरोप लगाइएको छ।