शैलुङमा नाबालिकामाथि जबरजस्ती करणी आरोपमा धनुषाका युवक पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । दोलखाको शैलुङ क्षेत्रमा नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार धनुषा बटेश्वर गाउँपालिका–१ निवासी २१ वर्षीय अन्जन लामा पक्राउ परेका हुन्।

उनलाई प्रहरी टोलीले शैलुङ क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शैलुङ घुम्न आएका बेला लामामाथि करिब १५ वर्षीया नाबालिकामाथि करणी गरेको आरोपमा उजुरी दर्ता भएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो।

घटनाबारे पीडित पक्षका आफन्तले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले पीडित बालिकाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।