पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, दर्जनभन्दा बढी बिरामी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । पाल्पामा जंगली च्याउ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । रम्भा गाउँपालिका-५, ताहुँ ओमभन्ज्याङ नजिकका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको खाएपछि उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीम भट्टराईका अनुसार दर्जनभन्दा बढी व्यक्ति बिरामी परेका छन्। च्याउ सेवनपछि अस्वस्थ बनेका उनीहरूको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

बिरामी मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।