राष्ट्रिय साना सहरी खानेपानी महासंघको वार्षिक साधारण सभामा सात पत्रकार सम्मानित

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको सातौँ वार्षिक साधारण सभाको अवसरमा विभिन्न सञ्चारमाध्यममा आबद्ध सात जना पत्रकारलाई सम्मान गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइ क्षेत्रको सूचना प्रवाह र योगदानको कदर गर्दै पत्रकारहरूलाई सम्मान गरिएको हो।

सम्मानित हुने पत्रकारहरूमा खबरविन्दु डटकमका रोहित श्रेष्ठ, रातोपाटी डटकमका राजेश भण्डारी, न्युज २४ टेलिभिजनका नारायण पंगेनी, सिलापोष्ट डटकमका बटुकराज गिरी, रातोपर्दा डटकमका प्रेम पुन, वास खबर डटकमका पिटी लोप्चन तथा तुलसीपुर खबर डटकमका उपेन्द्र बस्नेत रहेका छन्।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशान्त वैद्धिकले पत्रकारहरूसँगै उत्कृष्ट खानेपानी संस्थाहरूलाई पनि सम्मान प्रदान गरेका थिए। उत्कृष्ट खानेपानी संस्थातर्फ दाङस्थित घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई सम्मान गरिएको थियो।

त्यसैगरी, खानेपानी महासंघका केन्द्रीय कार्यालय सचिव अजय पराजुरी र लेखनाथ खानेपानी उपभोक्ता संस्थाका कार्यालय सचिव शिव अमात्यलाई समेत सम्मान गरिएको थियो।

सांसद वैद्धिक र महासंघका अध्यक्ष खेमराज वलीले सम्मानितहरुलाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरेका थिए।

सिफारिस