क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

दियोपोस्ट संवाददाता  

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई जिम्मेवारी दिएको छ। आज बसेको मन्त्रीपरिषद बैठकले उनलाई नियुक्त गरेको हो ।

तत्कालीन महानिर्देशक प्रदीप अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको पदमा डंगोललाई नियुक्ति गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । संस्थाको नियमित कामकाज र निर्णय प्रक्रिया नरोकिने गरी डंगोललाई जिम्मेवारी दिइएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

मुकेश डंगोल नेपाल सरकारका सहसचिव तहका प्रशासकीय अधिकारी हुन्। हाल उनी नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित प्रशासनिक जिम्मेवारीमा रहेर काम गर्दै आएका अधिकारीका रूपमा चिनिन्छन्। उनी प्रशासन र नीतिगत व्यवस्थापन पृष्ठभूमिबाट आएका कर्मचारी हुन्, उड्डयन नियामक निकायको नेतृत्वमा भने उनको प्रवेश अतिरिक्त जिम्मेवारीमार्फत भएको देखिन्छ।