सभामुखको रुलिङ नआएपछि सांसद हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार

दियोपोस्ट संवाददाता  

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले बुधबारको प्रतिनिधि सभा बैठक बहिस्कार गरेका छन्। प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ नगरेको भन्दै उनले बैठक छाडेका हुन्।

बैठक सुरु हुनेबित्तिकै साम्पाङले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ३१ को उपनियम (१) अनुसार आफूलाई बैठकबाट बाहिर जान अनुमति दिन वा प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखबाट रुलिङ जारी गर्न माग गरेका थिए।

तर सभामुखले उक्त मागमा कुनै निर्णय नदिएपछि साम्पाङ आफैं झोला बोकेर बैठक कक्षबाट बाहिरिएका थिए। यद्यपि, उनले बैठक बहिस्कार गरे पनि श्रम संस्कृति पार्टीका अन्य सांसदहरूले भने बैठकमा सहभागिता कायम राखेका थिए।

सिफारिस