सानिमा रिलायन्स लाइफद्वारा नेपाल बाल सेवा फाउन्डेसनलाई रु २ लाख ४० हजार सहयोग

दियोपोस्ट संवाददाता

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नयाँ बानेश्वरस्थित नेपाल बाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग प्रदान गरेको छ।

नेपाल बाल सेवा फाउन्डेसनले स्थापना कालदेखि नै विभिन्न जिल्लाका अनाथ तथा असहाय बालबालिकाको संरक्षण र सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। हाल फाउन्डेसनले ४५ जना बालबालिकाको संरक्षण गरिरहेको जनाएको छ।

कम्पनीले फाउन्डेसनमा आश्रितमध्ये शाम्भवी स्कुलमा अध्ययनरत ८ जना बालबालिकाको वार्षिक शैक्षिक खर्चका लागि प्रतिविद्यार्थी रु ३० हजारका दरले कुल रु २ लाख ४० हजार आर्थिक सहयोग गरेको हो।

सानिमा रिलायन्स लाइफले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कम्पनीले यस्ता गतिविधिमार्फत नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई समेत प्राथमिकतामा राख्दै आएको उल्लेख गरेको छ।

भविष्यमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी र समाजमैत्री बनाउँदै लैजाने योजना कम्पनीको रहेको बताइएको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको जनाएको छ।

हाल कम्पनीले देशभर १६८ शाखा सञ्जालमार्फत सेवा प्रदान गरिरहेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको कम्पनीले जनाएको छ। साथै, कम्पनीमा १७ हजारभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन्।

सम्बन्धित खबर