महामञ्जुश्री कप बास्केटबलमा ७२ टिम

दियोपोस्ट संवाददाता  

काठमाडौं । महामञ्जुश्री माविको आयोजनामा दोश्रो महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ३ विधामा ४४ विद्यालयका ७२ टिमको सहभागिता रहने महामञ्जुश्रीका प्रिन्सिपल चुडामणि मरासिनीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सिनियर ब्वाइजमा ३२ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान २०-२० टिमको सहभागिता निश्चित भएको महामञ्जुश्रीका बास्केटबल प्रशिक्षक शैलेश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने महामञ्जुश्रीकी प्रिन्सिपल एवं प्रतियोगिता संयोजक हेमलता चाम्लिङले बताइन् । सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा ग्रिनफिल्ड र सिनियर गल्र्समा चाँदबाग साविक विजेता हुन् ।

पत्रकार सम्मेलनमा प्रिन्सिपल मरासिनीले विद्यालयबीचको आन्तरिक सम्बन्धलाई अझ प्रगाढ बनाउदै प्रतिभावन खेलाडीको पहिचान गर्न प्रतियोगिता महत्वपूर्ण सावित हुने बताए । तीनदिने प्रतियोगिताका खेलहरु नागर्जुन नगरपालिका वडा ५, सीतापाइलास्थित आयोजककै कोर्टमा खेलाइने छ ।

सिफारिस