नेपालगञ्जमा अन्तर्राष्ट्रिय महिनावारी दिवसमा किशोरीहरूलाई महिनावारी चक्र अभिमुखिकरण सम्पन्न

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपालगञ्जमा १३औँ अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा महिला तथा किशोरीहरूलाई लक्षित गर्दै महिनावारी चक्रबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

एफकेबी यूकेको सहयोग र बास नेपालले आयोजना गरेको उक्त कार्यक्रम ‘नेपालमा बसोबास गर्ने महिला तथा किशोरीहरूलाई महिनावारी स्वच्छता तथा व्यवस्थापन’ परियोजना अन्तर्गत गरिएको हो। कार्यक्रममा ३० जना सहभागी थिए।

अभिमुखिकरण सत्रमा रमिता शाह र मिना घर्तिमगरले महिनावारी चक्रबारे सहजीकरण गरेका थिए। त्यसपछि सहभागीहरूलाई ब्रासलेट बनाउने तालिम दिइयो र उनीहरूले बनाएका ब्रासलेटहरू नै आपसमा वितरण गरियो।

कार्यक्रमको अन्त्यमा बास नेपालका निर्देशक हेमराज भट्टले सहभागीहरूलाई ब्रासलेट वितरण गरेका थिए।

सिफारिस