सरकारद्वारा खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्तिका लागि आवेदन आह्वान

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सरकारले राजदूत तथा संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय निकायमा कार्यरत स्थायी प्रतिनिधि नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन माग गरेको छ ।

परराष्ट्र मन्त्रालयले परम्परागत सिफारिस तथा सीमित दायरामा हुने नियुक्ति प्रक्रियालाई परिवर्तन गर्दै योग्यता, अनुभव र प्रतिस्पर्धाका आधारमा छनोट गर्ने प्रणाली लागू गर्दै दरखास्त आव्हान गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार आउँदो जुन ५ भित्र इच्छुक व्यक्तिले दरखास्त दिनुपर्नेछ । राजदूतका लागि कम्तीमा ३५ वर्ष पुरा भएको हुनुपर्नेछ । विशिष्ट श्रेणीकोसरहको यो पदका लागि कम्तीमा स्नातक तह अध्ययन गरेको हुनुपर्नेछ । स्नातक भन्दा माथिको शैक्षिक योग्यता र कार्यअनुभव योग्यतामा प्लस हुनेछ ।

हाल विभिन्न मुलुकमा रहेका नेपाली दूतावास तथा नियोगहरूमा राजदूत पद रिक्त रहेका छन् भने केहीको कार्यकाल सकिएपछि प्रतिस्थापन प्रक्रिया ढिलो हुँदै आएको छ । सोही कारण कूटनीतिक प्रतिनिधित्वमा प्रभाव परेको भन्दै सरकारले नयाँ प्रणालीमार्फत छिटो र पारदर्शी नियुक्ति गर्ने लक्ष्य लिएको बताइएको छ ।

सिफारिस