काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा सरकारले काठमाडौंको टुँडिखेलमा विशेष औपचारिक कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले गणतन्त्रको महत्व र लोकतान्त्रिक व्यवस्थाको संरक्षणमा सबैको भूमिका आवश्यक रहेको उल्लेख गरे। यद्यपि कार्यक्रममा उपस्थित रहेका प्रमुख शाहले भने सम्बोधन गरेनन्।
औपचारिक कार्यक्रम सुरु हुनुअघि नेपाली सेनाले गणतन्त्र दिवसको सम्मानमा बिहान तोप पड्काएको थियो। त्यसपछि सैनिक मञ्चमा बिहान ८ बजेदेखि कार्यक्रम सुरु गरिएको थियो। कार्यक्रमअघि सुरक्षाकर्मीहरूले कवाज तथा विभिन्न प्रदर्शन प्रस्तुत गरेका थिए।
वि.सं.२०६५ साल जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाले निरंकुश राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष गणतन्त्र दिवस मनाइँदै आएको छ।
