काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकका क्रममा सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाहको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री शाहले सो कुरा बताएका हुन् ।
‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्नेछ,’ प्रधानमन्त्री शाहले बताए ।
सो अवसरमा प्रधानमन्त्री शाहले बेलायत र भारत दुवै पक्षसँग कुटनीतिक तरिकाबाट सुल्झाउने बताए । नेकपा (एमाले) का संसदीय दलका उपनेता पद्माकुमारी अर्यालले उठाएको विषयमा प्रधानमन्त्री शाहले सो जवाफ दिएका थिए ।