प्रधानमन्त्री बालेन्द्र शाहको अभिब्यक्तिप्रति नेपाली कम्युनिष्ट पार्टी नेकपाले आपत्ति जनाएको छ । नेपालले पनि भारतको जमिन मिचेको प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपाका सांसद रमेश मल्लले प्रधानमन्त्रीको अभिब्यक्ति आपत्तिजनक भएको भन्दै रेकर्डबाट हटाउन सभामुखलाई आग्रह गरेका हुन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए । प्रधानमन्त्रीको भनाई प्रति नेकपाको आपत्ति, रेकर्डबाट हटाउन सभामुखलाई आग्रह
त्यसक्रममा ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ,’ भन्ने अभिब्यक्ति दिएका थिए ।