अर्घाखाँचीको खनदहमा एकै रात चार पसलमा श्रृङ्खलाबद्ध चोरी, स्थानीयवासी त्रासमा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-३, खनदहस्थित ढुङ्गाडे क्षेत्रमा एकै रात करिब चार वटा पसलमा श्रृङ्खलाबद्ध चोरी भएको छ। स्थानीय व्यवसायी दिनेश खनालको पसलसहित अन्य तीन पसलमा गएराति चोरी भएको हो।

पीडित व्यवसायीहरूका अनुसार चोरी भएका पसलहरूबाट नगद रकम तथा विभिन्न सामानहरू हराएका छन्। घटनापछि इलाका प्रहरी कार्यालय खनदेउरालीले अनुसन्धान अगाडि बढाएको जनाएको छ।

यद्यपि, चोरीमा संलग्न व्यक्ति वा समूहको पहिचान हुन सकेको छैन। साथै, चोरी कसरी र कसको संलग्नतामा भएको हो भन्ने विषयमा हालसम्म कुनै ठोस प्रमाण वा शंकास्पद व्यक्तिबारे जानकारी सार्वजनिक गरिएको छैन।

लगातार एकै रातमा धेरै पसलमा चोरी भएपछि स्थानीयवासीहरू त्रसित बनेका छन्। उनीहरूले सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

सिफारिस