मजदूरकै बलमा राणा र पञ्चायतकालको अन्त्य : गच्छदार

दियो पोस्ट  

पर्सा,वैशाख १८ । नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मजदूरहरुकै आन्दोलनको बलमा मुलुकबाट राणा र पञ्चायतकालको अन्त्य भएको बताएका छन् ।

उनले विसं २००३र२०४६ साल र ०६१र६२मा भएको आन्दोलनमा मजदूरले खेलेको अग्रणि भूमिकाकै जगमा राणा र पञ्चलाई समाप्त गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको प्रस्ट पारे । १३० औँ अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश नं २ ले आज वीरगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई वर्षभित्र नेपाली मजदूरको न्यूनतम तलब रु २० हजार पु¥याउने अठोटका साथ आगाडि बढ्न पार्टी निकट मजदूर सङ्गठनलाई आग्रह गरे ।

स्वदेश तथा विदेशमा रहेका नेपाली मजदूरहरुलाई अन्तर्राष्ट्रिय मजदूर दिवसको शुभकामना दिँदै नेता गच्छदारले मुलुकमा आमूल राजनीतिक परिवर्तन आए पनि मजदूरको जीवनस्तरमा परिवर्तन नआएकाले अब मजदूरको जीवनमा परिर्वतन ल्याउन सबै दल तथा मजदूरसङ्गठन केन्द्रत हुन आवश्यक रहेको बताए ।

नेपाल ट्रेडयुनियन काङ्ग्रेस प्रदेश नं २ का अध्यक्ष लक्ष्मण कुर्मीको अध्यक्षतामा सपम्पन्न भएको कार्यक्रमलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी लगायतका नेताले सम्बोधन गर्दै घोषणा गरिएको न्यूनतम ज्यालादर कार्यान्वयन गराउन सरकारसँग माग गरे ।

अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसर पारी नेपाल ट्रेडयुनियन काङ्ग्रेसले आज वीरगञ्जमा प्रभातफेरी समेत निकालेको छ । वीरगञ्जको घण्टाघरबाट निस्किएको प्रभावफेरी नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । रासस