कम्बोडिया र भियतनामको भ्रमण गर्दै प्रधानमन्त्री ओली

दियो पोस्ट  

काठमाण्डौँ,वैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो दक्षिण पूर्वी एसियाका दुई देशको औपचारिक भ्रमण गर्ने भएको छ ।

प्रधानमन्त्रीले यही वैशाख २६ देखि जेठ १ गतेसम्म कम्बोडिया र भियतनामको भ्रमण गर्ने निश्चित भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । भियतनाम र कम्बोडियाका प्रधानमन्त्री क्रमशः न्वेन सिएन फुक र हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओलीले ती देशको भ्रमण गर्ने कार्यक्रम बनेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार सम्पन्न आठ दिवसीय चीनको राजकीय भ्रमणबारे जानकारी दिन बिहीबार परराष्ट्र मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिएका छन् । , “कुनै समय युद्धबाट जर्जर भएका ती दुवै देश अहिले आर्थिक समृद्धिको मार्गमा द्रुतगतिमा अघि बढेका छन्, उनीहरूको विकासको अनुभव हाम्रानिम्ति उपयोगी हुने ठानेका छौँ ।”

बहुल बौद्धधर्मावलम्वी दुवै देशबाट नेपालको धार्मिक पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले निकट भविष्यमा सञ्चालन हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भियतनामी र कम्बोडियाली पर्यटक लुम्बिनीमा घुरफिर गर्न आउन सक्ने बताए ।