प्रदेश नम्बर पाँचमा फानीको असर, चट्याङ लागेर वडा सदस्य सदस्यसहित २ जना गम्भीर घाइते

प्रदेश नम्बर पाँचमा फानीको असर, चट्याङ लागेर वडा सदस्य सदस्यसहित २ जना गम्भीर घाइते

काठमाडौँ,वैशाख २० । पाँच नम्बर प्रदेशस्थित तराईका जिल्लामा आएको हावाहुरीले विभिन्न ठाउँमा क्षति पुर्याएको छ ।

त्यसैक्रममा चट्याङ्ग लागेर वडा सदस्यसहित २ जना गम्भीर घाइते भएका छन् । नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ जिल्लामा बिहानैदेखि हुरी बतास चलेको छ । हुरीका कारण जनजीवन प्रभावित बनेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हावाहुरी र चट्याङले दाङको राजपुर गाउँपालिका वडा नं। १ गुरुङखोला स्थित ज्योति आधारभुत विद्यालय, राजपुर ६ खांग्रास्थित सामुदायिक स्वास्थ्य चौकीसहित ११ घरमा क्षति गरेको छ ।

उक्त बिद्यालयको जस्तापाता उडाएको र बरण्डाको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले बताए ।जसबाट एकलाख ५० हजार बराबरको क्षति भएको छ । त्यस्तै सामुदायिक स्वास्थ्य चौकीको १ तले २ कोठे भवनको जस्ता पाता उडाएको छ । जसबाट एक लाख बराबरको क्षति भएको छ ।

त्यस्तै गढवा गाउँपालिका १ कटबेरवा बस्ने गीता सार्कीको कच्ची घर भत्किदा एकलाख ७५ हजार , सोही ठाउँकी चन्द्रकला बिसीको कच्ची घरको देवाल भत्किँदा एकलाख, सोही ठाउँका बासुदेव डाँगीको भान्साघरको जस्तापाता उडाउँदा २५ हजारबराबरको क्षति भएको उनले बताए ।

यता, नवलपरासीमा चट्याङ लागेर वडा सदस्यसहित दुई जना घाईते भएका छन् । भीषण हावाहुरी तथा वर्षाको समयमा खेतमा काम गर्न गएकी प्रतापपुर गाउँपालिका वडा नं ६ की महिला वडा सदस्य सहिदुन निशा गम्भिर घाइते भएकी छिन् भने उनको छोरा भुलई अन्सारी समान्य घाइते भएका छन् । गम्भीर घाइते भएकी निशालाई उपचारको लागि भारत पठाइएको स्थानीय रामेश्वर कुशवाहाले बताएका छन् ।

Trending News