किम जङ-अन मिसाइल परीक्षणमा सहभागी

दियो पोस्ट  

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमहरूले नेता किम जङ-अनले मिसाइलका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण निरीक्षण गरेको बताएको छ।

होडो प्राय:द्वीपबाट जापानी सागरमा शनिवार “केही छोटो दुरीका मिसाइलहरू” परीक्षण गरिएको बताइएको छ।

सञ्चार माध्यममा प्रसारित सूचनाका अनुसार उत्तरी कोरियाली नेताले देशको ‘युद्ध क्षमता बढाउन’ मिसाइल छोड्न आदेश दिएका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीटमा किमले राम्रो सम्बन्धतर्फको बाटोलाई खतरामा नपार्ने विश्वास व्यक्त गरेका छन्।

उनले उत्तर कोरियाली नेतालाई आफ्नो साथ भएको थाहा भएको र आफूसँगको वाचा नतोड्ने बताउँदै समझदारी हुने भनेका छन्।

“मलाई विश्वास छ कि किम जङ-अनलाई उत्तर कोरियाको विशाल अर्थिक सम्भावनाका बारेमा थाहा छ र उनले त्यसलाई अन्त्य गर्ने वा रोक्ने कुनै कार्य गर्ने छैनन्,” ट्रम्पले शनिवार लेखेका छन्।

Twitter post by @realDonaldTrump: Anything in this very interesting world is possible, but I believe that Kim Jong Un fully realizes the great economic potential of North Korea, & will do nothing to interfere or end it. He also knows that I am with him & does not want to break his promise to me. Deal will happen!

ट्रम्प र किम भियतनामको हनोइमा परमाणुनिरस्त्रीकरणबारे छलफल गर्न दोस्रो शिखर वार्ताका लागि फेब्रुअरीमा भेला भएका थिए तर अमेरिकाले आफूविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउने उत्तर कोरियाको मागमा सहमति हुन नसक्दा सो भेटघाट विना सहमति टुङ्गिएको थियो।

आइतवारको समाचारमा उत्तर कोरियाली समाचार संस्था केसीएनएले किमले बाहिरी आक्रमण वा धम्कीको अवस्थामा राजनीतिक सार्वभौमिकता र आर्थिक स्वआधारको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिएको बताएको छ।

समाचारका अनुसार शनिवारको कार्यक्रमको उद्देश्य लामो दुरी प्रहार गर्न सक्ने लन्चरहरूको परिचालन क्षमता र प्रदर्शनको परीक्षण गर्नु रहेको बताएको छ।

उत्तर कोरियाली नेताले आफ्ना सैनिकलाई शान्ति र सुरक्षा कायम राख्न शक्ति चाहिने तीतो सत्यलाई सधैँ मनका राख्न भनेका छन्।

किम जङ-अन

परीक्षणको उद्देश्य

शनिवारको परीक्षणको उद्देश्य परमाणु वार्तालाई अगाडी बढाउन अमेरिकालाई दबाब दिने रहेको ठानिएको छ।

गत महिना उत्तर कोरियाले नयाँ सामरिक हतियारको परीक्षण गरेको बताएको थियो।

त्यो हनोइको वार्तापछिको पहिलो परीक्षण थियो।

ट्रम्प र किम

विज्ञहरूले शनिवारको परीक्षण छोटो दुरीका मिसाइलहरूको भएको बताएका छन्। यसबाट उत्तर कोरियाको लामो दुरी र पारमाणिक हतियार परीक्षण नगर्ने प्रतिबद्धता भने तोडेको छैन।

दक्षिण कोरियाले शनिवारका मिसाइलहरू ७० देखि २०० किलोमिटरको दुरीमा खसेको बताएको छ। विविसीबाट