काठमाडौँ,वैशाख २२ । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले गणतन्त्र जोगाउनेमा शंका उत्पन्न भएको बताएका छन्।
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेर टिप्पणी गरेपछि प्रतिपक्षी कांग्रेसले सरकारमाथि असन्तुष्टि व्यक्त गरेको हो।
सांसद रिजालले विगतमा श्री ५ को सरकार भए जस्तै गरी सम्बोधन गरिएको र बेलायती साम्राज्य फैलिएका ुकमनवेल्थस राष्ट्रको उदाहरण दिएकोमा आपत्ति जनाए।
“२०६४ पछि गणतन्त्र लेखेपछि त्यतिबेलादेखि मेरो सरकारको चलन गयो”, रिजालले भने, “राष्ट्रपतिले अघिल्लो वर्ष पनि यस सरकार भन्ने गर्नु भएको थियो। भाषागत कुरा मात्र होइन। शैलीको कुरा मात्र होइन। प्रधानमन्त्रीज्यू राष्ट्रपतिलाई सम्मानित संस्थालाई आम नागरिकको आलोचनाको पात्र नबनाउनुहोस्। गणतन्त्रप्रतिको जनताको विश्वासलाई किल्चेर हिँड्ने काम नगर्नुस्।’
उनले घण्टौं ट्राफिक जाममा पर्खने जनता, बिसौं तीसौं मिनेट हवाइ बाटोमा पर्खनुपर्ने जनतामा गणतन्त्रप्रति निराशा बढेको उल्लेख गरे।
“हेरक दिन यो महललाई यसो बनाइन्छ भन्ने सुनेका जनता, टिका बक्सँदा पनि उभिने र बसेर टिका थाप्ने शैलीले जनताको मनमा आशंका छ -गणतन्त्र जोगाउँछ कि जोगाउँदैन भन्ने प्रश्न भएको छ।’ उनले संविधानमा कार्यकारिणी अधिकार नेपाल सरकारमा भनेर लेखेको उल्लेख गरे।