‘संविधान’लाई बाइवल, गीता, महाभारत बनाउन खोज्या हो ? :राजेन्द्र महतो

दियो पोस्ट  

काठमाडौँ,वैशाख २२ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेता तथा सांसद राजेन्द्र महतोले सरकारले ल्याएको नीति तथा कार्यक्रमको बुँदा ७ मा संविधानको सर्वस्वीकार्यतामा अब विमती छैन उल्लेख गरेकोमा त्यो सच्याउनुपर्ने माग गरेका छन्।

संविधान संशोधनका लागि संसदमै मतदान भए पनि बहुमत नपुगेर पास नभएको, ६ महिनासम्म नाकाबन्दी भएको, थरुहट आन्दोलन भएको स्मरण गर्दै महतोले संविधान संशोधन नगर्ने नियतले सरकारले संविधानको सर्वस्वीकार्यता अब विमती नभएको भन्ने वाक्य राखेको उनले बताए।

प्रतिनिधिसभा संसदमा आइतबार नीति तथा कार्यक्रम संशोधन गर्न माग गर्दै सांसद महतोले भने, ‘भाङ खाएर नीति तथा कार्यक्रम लेखेको हो ररु जे मनलाग्यो त्यही लेखिदिनेरु तर भाङ खाएर त थोडी लेखिन्छ तर यहाँ त्यस्तै देखियो।’

संविधानप्रति अझै पनि व्यापक असन्तुष्टि रहेकोले नीति तथा कार्यक्रमको ७ नम्बर बुँदामा संविधानको संशोधन गरिनेछ लेख्नु पर्ने उनले बताए। संविधानको सर्वस्वीकार्यतामा अब विमती छैन भनेर लेख्नुमा संविधान संशोधन नगर्ने नियत देखिएको उनको भनाइ छ।‘संविधानलाई बाइवल, गीता, महाभारत बनाउन खोज्या हो ररु,’ उनले भने, ‘संशोधन नगर्ने हो भने संविधान गइहाल्छ। बाइबाइ भइहाल्छ। ६ वटा संविधान गयो, यसलाई पनि जान दिने होरु’

उपेन्द्र यादव सरकारमा जाँदा संविधान संशोधनको सहमति गरेको, ५० औं पटक राजपाले संसदमा संविधान संशोधनको माग गरेकोलगायत घटनाले पनि संविधानमा सर्वस्वीकार्यता छैन र संशोधनको आवश्यकता छ भन्ने बुझिने उनले बताए।

उनले नीति तथा कार्यक्रम शाही संबोधनकै शैलीमा आएको भन्दै विरोध गरे। ‘श्री ५ को सरकार हुँदा पो मेरो सरकार,’ उनले भने। नीति तथा कार्यक्रम सफेद झूटको खेतीजस्तो भएको र जनतालाई ढाट्ने काम भएको उनले बताए।