k|d rLg e|d0faf/] ;+;bdf hfgsf/L k|wfgdGqL s]kL zdf{ cf]nL k|ltlglw;efsf] d+unaf/sf] a}7sdf oxL c;f/ % ut]b]lv !) ut];Dd u/]sf] 5lbg] cf}krfl/s rLg e|d0fsf af/]df hfgsf/L lbg'x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौँ,वैशाख २४ । प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शव्दावली जानीबुझि नै राखेको प्रष्टिकरण दिएका छन् ।
मङ्गलबार संघीय संसदमा जवाफ दिदै प्रधानमन्त्रीले मेरो सरकार शव्दप्रति आएका टिप्पणीको जवाफ दिँदै प्रम ओलीले जानेर, बुझेर र अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुसार नै मेरो सरकार भनेर राखिएको बताएका हुन् ।
उनले शव्दप्रति गरेको टिप्पणीलाई आलोकाँचो पनको संज्ञा दिँदै त्यसो नगर्न आग्रह गरे । ‘जनताका प्रतिनिधिले राष्ट्रप्रमुखको हैसियतमा मेरो सरकार भन्नु बाञ्छनीय हुन्छ । राष्ट्रपतिले ढुक्कले भन्ने हो मेरो देश, मेरो सरकार, मेरो धर्ती । राष्ट्रपतिले आफू मातहतको सरकारलाई मेरो सरकार भन्दा अल्मलिनु पर्दैन,’ प्रधानमन्त्रीले प्रष्ट पारे ।उनले राष्ट्रपतिलाई केही अधिकार छैन भनेर गरिएको व्याख्या पनि गलत रहेको बताए ।