घुससहित कर्मचारी पक्राउ

दियो पोस्ट  

बर्दिवास,वैशाख २४ । महोत्तरीमा मंगलवार घुससहित एक कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको रामगोपालपुर इलाका प्रशासन कार्यालयका कम्प्युटर अपरेटर अशोककुमार सिंह रहेका छन् ।

सिंहले सेवाग्राहीसँग ४ हजार घुस लिँदालिँदै मंगलबार दिउँसो अख्यितियारको टोलीले उनकै कार्यकक्षबाट पक्राउ गरेको हो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको जनाइएको छ ।