क्यान्सरपीडित दिग्गज अभिनेता मुखर्जीको निधन

दियो पोस्ट  

दिग्गज अभिनेता मृनाल मुखर्जीको मंगलबार बेलुका सिटी अस्पतालमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ । उनी ७४ वर्षका थिए ।

मुखर्जीलाई क्यान्सरका साथै फोक्सोको समस्यासमेत थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार अस्पताल पुर्‍याइएको स्रोतले बताएको छ ।

उनका दुई छोरी र एक छोरा छन् । उनकी जेठी छोरी जोजो मुखर्जी हुन् जो गायिका हुन् । अर्की छोरी टिना मुखर्जी मोडल हुन् भने छोरा डेबोप्रियो मुखर्जी नायक हुन् ।

मुखर्जी विगत पाँच दशकदेखि बंगाली फिल्मी क्षेत्रमा कार्यरत छन् । उनका दुई बोन, चुती, श्रीमान् पृथ्वीराज, ब्योमकेश, चिरियाखानालगायतका फिल्म चर्चित छन् । उनी बंगाली थिएटरका पनि चर्चित व्यक्तित्व हुन् । एजेन्सी

TATA ADD