राकिटिकका लागि इन्टरद्वारा ५० मिलियन पाउण्डको प्रस्ताव

राकिटिकका लागि इन्टरद्वारा ५० मिलियन पाउण्डको प्रस्ताव

इटालियन क्लब इन्टर मिलानले बार्सिलोनाका मिडफिल्डर इभान राकिटिकलाई क्लब भित्र्याउने भएको छ । क्रोएसियन मिडफिल्डर राकिटिक अनुबन्धको लागि इन्टर मिलान र बार्सिलोना सहमति नजिक पुगेका छन् ।

इन्टर मिलानले राकिटिकका लागि ५० मिलियन पाउण्डको प्रस्ताव बार्सिलोनासंग गरेको छ । स्पेनिस क्लब बार्सिलोना पनि राकिटिकलाई बेच्न तयार भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएको छ ।

क्रोएसियाका उपकप्तान समेत रहेका राकिटिकलाई युभेन्ट्सले आँखा लगाईरहेको बेला इन्टर र बार्सिलोना सहमति नजिक पुगेका छन् । यसअघि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले राकिटिकलाई एक सय मिलियनको प्रस्ताव गरेपनि बार्सिलोनाले अस्वीकार गरेको थियो ।

स्पेनिस क्लब सेभियाबाट सन् २०१४ मा बार्सिलोना आएका राकिटिकले ४ ला लिगा, ४ कोपा डेल रे र १ च्याम्पियन्स लिग जितेका छन् । एजेन्सी ।

Facebook Comments

Trending News