काठमाडौं, २९ वैशाख । म्युजिक नेपालका म्यानेजर उज्वल थापा पक्राउ परेका छन् । राजधानीको अनामनगर स्थित म्युजिक नेपालको कार्यालयबाटै उनलाई केहीबेरअघि पक्राउ गरिएको हो ।
सरिता सिलवालले आफ्नो गीत चोरी गरेर बजारमा बेचेको भन्दै उजुरी गरेपछि उनी कपिराइट मुद्दामा पक्राउ परेका हुन् ।
म्यानेजर थापा पक्राउ परेपछि म्युजिक नेपालका कर्मचारी भागाभाग गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र वोगटीले थापा पक्राउ परेको पुष्टि गरे ।
‘कपिराइट मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ,’ बोगटीले दियोपोस्टसँग भने,‘लामो समयदेखि प्रहरीको फरार सुचीमा हुनुहुन्थ्यो ।’