प्रचण्ड भन्छन्, ‘पुर्व एमालेका तीन जना नेतालाई प्रधानमन्त्री बनाएको मैले हो’

प्रचण्ड भन्छन्, ‘पुर्व एमालेका तीन जना नेतालाई प्रधानमन्त्री बनाएको मैले हो’

काठमाडौँ, जेठ २ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएको आन्तरिक विरोधका विरुद्ध मुख खोलेका छन् । वुधबार युवा संघ नेपालको स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष दाहालले आफु समय अनुसार चल्न सक्ने राजनीतिज्ञ भएको स्पष्ट पारेका छन् । सोही कार्यक्रममा उपस्थित भएका वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेलले कम्युनिष्ट पार्टीभित्र अस्थितरा र वैचारिक अस्पष्ठताले चरम रुप लिएको भन्दै पार्टी नेतृत्वलाई घोचपेच गरेका थिए ।

दुवै नेताहरुको अभिव्यक्तिलाई खण्डन गर्दै अध्यक्ष दाहालले पुर्व एमालेका तीनै जना नेताहरुलाई आफुले प्रधानमन्त्री बनाउने सामथ्र्य आफुले मात्रै राखेको भन्दै
आफ्नो योगदानलाई अवमुल्यन नगर्न आग्रह गरे । केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई आफुले लाइन लाएर प्रधानमन्त्री बनाएको अध्यक्ष दाहालले दावि गरे । ‘मलाई अस्थिर भन्ने र विचार प्रस्ट नभएको भन्नेहरुले हेरे हुन्छ, मेरै प्रस्तावमा पार्टी एकता भएको हो । मेरै प्रस्तावमा एमालेका तीनतीनजना नेताहरु प्रधानमन्त्री हुनुभएको हो’, उनले भने ।

उनले आफु समयअनुसार चल्ने नेता भएको दावि गर्दै आगामी दिनमा अझै नयाँ प्रयोग गरेर मात्र मर्ने चाहना भएको र त्यसका लागि साथ दिनका लागि तत्कालिन एमालेका नेता कार्यकर्ताहरुलाई आग्रह गरे । अध्यक्ष दाहालले माधव नेपालको नामै लिएर भने ‘ माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो । उहाँ संसदमा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बनाउने अवस्था मैले ल्याएको हुँ । सबैभन्दा ठुलो पार्टीको नेता हुँदाहुँदै मैले नै झलनाथजीलाइ प्रधानमन्त्री बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा काम गरेको हुँ ।’

दाहालले भने, ‘केपी ओलीलाई संविधाना बनाऔँ तपाईँ प्रधानमन्त्री हुनुस् भनेकै हुँ । यो पटक पनि चुनावअघि नै उहाँलाई तपाईँ प्रधानमन्त्री भनेको हुँ । अब तपाईँहरुले मलाई के भन्नुहुन्छ ? अस्थिर भन्नुहुन्छ कि क्या गज्जबको भन्नुहुन्छ ?’

Trending News