विद्यार्थी संगठन सहित तीन सगठनको नेतृत्व पुर्व एमालेले गर्ने, पुर्वमाओवादीलाई प्रेस र युवा संगठन

विद्यार्थी संगठन सहित तीन सगठनको नेतृत्व पुर्व एमालेले गर्ने, पुर्वमाओवादीलाई प्रेस र युवा संगठन

काठमाडौँ, माघ २ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का आठ जनवर्गिय संगठनको नेतृत्व बाँडफाँड टुंगो लागेको छ । साबिक एमालेले विद्यार्थी, मजदुर, किसान र अपांगता महासंघ तथा माओवादीले युवा, प्रेस संगठन, जनजाति महासंघ र महिला संगठनको नेतृत्व लिनेगरि नेतृत्व टुंगो लागेको हो ।

जनसंगठनको नेतृत्व बाँडफाँडमा सहमति जुटे पनि संयोजक र सहसंयोजकको मोडलमा जाने कि अध्यक्ष र सचिवको मोडलमा जाने विषयमा अन्तिम टुंगो लागेको छैन । साबिक अध्यक्षमध्यबाटै नेतृत्व बनाउने कि केही संगठनका अध्यक्षलाई बिदा गरेर नयाँ अध्यक्ष बनाउने भन्नेबारे सहमति हुन बाँकी रहेको उच्च स्रोतले जनाएको छ ।

पुर्वएमालेको भागवन्डामा परेको विद्यार्थी संगठन अनेरास्ववियुमा नविना लामा र ऐन महरमध्य अध्यक्ष ओलीले महरको नाम अघि सारेका छन् । तर, उपाध्यक्ष रश्मि आचार्यसहित अरु पनि दाबेदार रहेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले व्यक्तिभन्दा पनि विधिमा आधारित भएर टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् ।

माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डले युवा संगठनमा रामप्रसाद सापकोटालाई संयोजकका रुपमा अघि सारेका छन् । मजदुरमा पूर्वएमालेले विनोद श्रेष्ठ, माओवादीले महेश्वर दाहालको नाम अघि सारेको छ । महिला संगठनमा अध्यक्ष प्रचण्डले उर्मिला अर्यालको नम अघि सारेपछि प्रधानमन्त्री केपी ओलीले विकल्पका रुपमा अर्का व्यक्ति अघि सार्न दबाब दिएका छन् । नयाँ पत्रिकामा शुरेसज‍‌‌ग पाण्डेले समाचार लेखेका छन् ।

Trending News