स्कुलबाट घर फर्किँदै गरेकी ६ बर्षिया बालिका बलात्कृत

स्कुलबाट घर फर्किँदै गरेकी ६ बर्षिया बालिका बलात्कृत

विर्तामोड । झापाको हल्दिवारी गाउँपालिकामा ६ बर्षिया बालिका बलात्कृत भएकी छिन् । स्थानिय विद्यालयको बाल विकास कक्षामा अध्यनरत बालिकालाई सोही विद्यालयका एक किशोरले बलात्कार गरेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

प्रहरीका अनुसार गत विहीबार बेलुका विद्यालयबाट घर फर्कँदै गर्दा तिनै किशोरले पुटुकी खान जाउँ भन्दै बालिकालाई मकैबारीमा लगि जबरजस्ती करणी गरेका थिए । बलात्कृत भएपछि रुँदै घर पुगेकी बालिकाले आफ्नो आमाबाबुसंग सत्यतथ्य बताएपछि घटना बाहिरीएको हो । सो किशोरले यसअघि पनि बालिकालाई पटकपटक करणी गर्दै आएको समेत खुलेको छ । घटनाको जानकारी भएपछि बालिकाको परिवारले सो किशोरविरुद्ध प्रहरी चौकी बडाबारीमा उजुरी दिएका छन् ।

बलात्कार पछि फरार रहेका किशोरको खोजी भइरहेको छ भने बालिकाको मेची अंचल अस्पतालमा उपचार भइरहेको छ ।

Trending News