कञ्चनजंघा हिमाल आरोहणको क्रममा २ जनाको मृत्यु, एक वेपत्ता

कञ्चनजंघा हिमाल आरोहणको क्रममा २ जनाको मृत्यु, एक वेपत्ता

काठमाडौँ, जेठ २ । पर्वतारोहणको क्रममा कंचनजंघा हिमालमा दुई जना पर्वतारोहीको मृत्यु भएको छ । वुधबार साँझ हिमाल चढेर फर्कँदै गर्दा दुई जनाको निधन भएको छ भने एक जना वेपत्ता भएका छन् । मृत्यु हुने दुबैजना भारतीय नागरिक रहेको र वेपत्ता हुने व्यक्ति चिलिका नागरिक रहेको बताइएको छ ।

मृृत्यु हुनेहरुमा भारतको कोलकत्ता घर भएका विप्लव वैद्य र कुन्तल करार रहेका छन् । फर्कँने क्रममा करिब पाँच हजार मिटरभन्दा माथिको उचाइमा नै उनिहरुको मृत्यु भएको बताइएको छ । वेपत्ता हुने चिलि नागरिकको खोजीका लागि हेलिकप्टर पठाइएको भएतापनि घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ ।

गाइड र आरोहीको समुह विहीबार एकसाथ कञ्चनजंघा हिमालको चुचुरोमा पुगेका थिए । सो टोलीमा ५० जना आरोही रहेको खुलेको छ ।

Trending News