पाल्पामा झाडापखालाबाट ९५ जना बिरामी

दियो पोस्ट  

पाल्पा, जेठ ३ । पाल्पाको तिनाउ गाउँपालिका–४ बोउरीडाँडामा झाडापखालको प्रकोप फैलिएको छ । बोउरीडाँडाका सिमबहादुर ठाडाको आमाको १३औँ दिनको सुद्दीभोग खाँदा ९५ जना झाडापखालबाट बिरामी भएका हुन् ।

झाडापखालका १० जना बिरामी तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य बिरामीको उपचार बरीडाँडामा स्वास्थ्यकर्मीको टोलीले गरिरहेको छ ।

एकाइ स्वास्थ्य प्रमुख विन्दु थापाका अनुसार झाडापखालाका बिरामीलाई स्लाइनपानी चडाएर औषधि उपचार भइरहेको छ । आज अपराह्न २ बजेतिर स्वास्थ्यकर्मीको टोलीमा बस्तीमा पुगेर उपचारमा सक्रिय भएका छन् ।

वडाध्यक्ष दानबहादुर गाहाले अहिले बस्तीमा दुई टोली स्वास्थ्य र गाडीको व्यवस्थापन मिलाएको बताए । बिरामीलाई झाडाबान्ता, पेट दुख्ने, टाउको दुख्ने, ज्वरो आउने र रिगाउने समस्या देखिएको एकाइ स्वास्थ्य प्रमुख विन्दु थापाले बताए ।

TATA ADD