‘नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०१९’ राजधानीमा सुरु

‘नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०१९’ राजधानीमा सुरु

काठमाडौँ, जेठ ३ । नेपाली आभुषण तथा मौलिकता हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ ‘नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०१९’ राजधानीमा सुरु भएको छ ।

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय, खानी तथा भुगर्भ बिभाग र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजना रहेको उक्त एक्स्पोको शुुक्रबार एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली हस्तकला तथा कलाकारिता बिश्वकै नमुना भएको र यसको प्रवर्धनका लागि एक्स्पोले महत्वपूर्ण भुमिका खेल्ने बिश्वास ब्यक्त गरे । नेपाली कलाकारिता तथा व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षा भाव आदिसंग सम्बन्धित भएको बताउँदै प्रधानमन्त्री ओलीले एक्स्पोले नेपाली मौलिक कलाकारितालाई बिश्व बजारसम्म पुर्याउनका लागि मदत गर्ने बताए ।

यस व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनु पर्ने भन्दै प्रधानमन्त्री ओलीले यसको प्रचार प्रसारसँगै गुणस्तरीयतामा पनि ध्यान दिनु पर्ने आवश्यकता औल्याए । प्रधानमन्त्री ओलीले एक्स्पोमा राखिएका विभिन्न स्टलहरुको अवलोकन समेत गरेका छन् ।

नेपाली आभुषण तथा हस्तकलाको मौलिकता, विविधता, विशिष्ट क्षमता आदि पक्षलाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा उजागर गरी निर्यात प्रवद्र्धन, रोजगारी विस्तार एवं राजश्व अभिवृद्धिमा थप योगदान गर्ने मूलभूत उदेश्यका साथ आयोजना गरिएको एक्सोमा करिव ६० वटा स्टल राखिएका छन् । त्यस मध्ये ५४ स्वेदशी र ६ वटा विदेशी स्टलहरु समाबेश गरिएका छन् ।

एक्स्पो मार्फत अन्तर्रा्ष्ट्रिय आभुषण बजारमा नेपाली गहना निर्यातका लागि व्यवसायीलाई अभिप्रेरित गर्न तथा बाह्य कम्पनीहरुलाई नेपालको आभुषण एवं रत्न, पत्थर आदि क्षेत्रमा आधुनिक उच्चतम प्रविधि तथा संयुक्त पूँजी निवेशका लागि प्रोत्साहित गर्न सहज हुने अपेक्षा गरिएको छ । एक्स्पो तीन दिनसम्म राजधानीको लेनचौरस्थित खानी तथा भुगर्भ बिभागको कार्यालयमा चल्नेछ ।

Trending News