काठमाडौँ, जेठ ३ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारीले विकसित गरेका विचारलाई अझै परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष दाहालले मदन भण्डारीले तत्कालीन अवस्थामा पूराना कुरालाई नदोहो¥याई नयाँ परिस्थितिको विश्लेषण गरेर नयाँ चुनौतिको सामना गरेर अघि बढेको उल्लेख गर्दै अव पार्टीले पनि अहिलेको चुनौतिलाई सामना गर्ने गरी नयाँ ढंगले अघि बढनुपर्ने आवश्यक्ता औंल्याए ।
२६ आंै मदन–आश्रित स्मृति दिवस तथा दुई पार्टीबीच एकता भएको वर्ष दिन पूरा भएको अवसर पारेर शुक्रबार काठमाडौंको मदननगर बल्खुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मदन भण्डारीले जे–जे भने, त्यही कुरालाई दोहो¥याई राख्ने कि नयाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय चुनौतिहरुको सामना गरेर अघि बढने ? भनि प्रश्न पनि गरे ।
‘कमरेड मदन भण्डारीले जे जे भन्नु भयो, त्यही कुरा दोहो¥याई राख्ने कि आजको राष्ट्रिय÷अन्तराष्ट्रिय परिस्थिति, नेपाली जनताको आवश्यक्ता र चाहनाको ठिक ढंगले मूल्यांकन गरेर मदन भण्डारीको विचारलाई नयाँ परिस्थिति अनुसार अझ विकसित गर्दै लैजाने ?’ अध्यक्ष दाहालको प्रश्न थियो । अध्यक्ष दाहालले पूरानै मान्यतालाई छोडन नसक्ने केही पूराना कम्युनिष्ट नेताहरुले नेपाली क्रान्ति र समाजका लागि सिन्को समेत योगदान गर्न नसकेको दावी पनि गरे ।
उनले मदन भण्डारीको नयाँ परिस्थितिको विश्लेषण गरेर अघि बढने आँट र साहसकै प्रेरणाबाट दुई पार्टीबीच एकता गरिएको पनि स्पष्ट पारे । वर्तमान नेतृत्वले नयाँ परिस्थितिको विश्लेषण गरेर अघि बढने आँट र साहस नगरेको दुई पार्टीबीच एकता हुने सम्भावना नरहेको पनि दोहो¥याए ।
अध्यक्ष दाहालले पार्टी एकीकरणको बाँकि काम छिट्टै सम्पन्न गरी पार्टीलाई अझ गतिशील र जीवन्त बनाउने गरी नयाँ राष्ट्रिय अभियान संचालन गर्ने घोषणा पनि गरे । उनले देशको आवश्यक्ता र नेपाली कम्युनिष्ट आन्दोलनको आवश्यक्ता तथा जनताको चाहना अनुसार जनतासँग गहिरो सम्बन्ध राखेर अघि बढने योजना पनि अघि सारे ।
अध्यक्ष दाहालले पार्टीको जिल्ला अधिवेशन हुँदै केन्द्रिय अधिवेशन गरेर पार्टीलाई बैचारिक रुपमा अझ स्पष्ट, सांगठानिक रुपमा अझ सुदृढ र जनतासँगको सम्बन्धलाई अझै बलियो बनाएर लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।
अध्यक्ष दाहालले समाजवादको आधार तयार पार्ने गरी पार्टीको कामकार्वाहीलाई उचाईमा पु¥याउनुपर्ने पनि बताए ।