विप्लवको विद्यार्थी संगठनका अध्यक्ष रिहा हुनेवित्तिकै राजद्रोहको मुद्धामा पक्राउ

विप्लवको विद्यार्थी संगठनका अध्यक्ष रिहा हुनेवित्तिकै राजद्रोहको मुद्धामा पक्राउ

काठमाडौँ, जेठ ३ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तर्गतको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाल साधारण तारेखमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् ।

केही दिनअगाडी राजधानीको अनामनगरबाट पक्राउ परेका ढकाललाई काठमाडौँ जिल्ला अदालतका न्यायधीश मोहनराज भट्टराइको इजलासले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो । रिहा भएपछि अदालत बाहीर निस्केका उनलाई परिसरबाटै पुनः पक्राउ गरिएको छ ।

महानगरिय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले क्रान्तिकारीका अध्यक्ष ढकाललाई अदालत परिसरबाटै झ्याइकुटी पारेर भ्यानमा हालिएको प्रत्यक्षदर्शीले बताएका छन् । स्रोतका अनुसार ढकाललाई राजद्रोहको मुद्धामा पुनः पक्राउ गरिएको हो ।

ढकालको विषयमा रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ। उक्त रिट विचाराधिन अवस्थामा छ।

Trending News