मौसमका कारण प्रधानमन्त्री चढेको हेलिकप्टर भरतपुरमा आकस्मिक अवतरण

मौसमका कारण प्रधानमन्त्री चढेको हेलिकप्टर भरतपुरमा आकस्मिक अवतरण

काठमाडौँ, जेठ ३ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरमा आकस्मिक अवतरण गराइएको छ । लुम्बिनी जान लागेको प्रधानमन्त्री चढेको हेलिकप्टर प्रतिकुल मौसमका कारण भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गराइएको बताइएको छ ।

प्रधानमन्त्री ओलीसँग नेकपाका महासचिव विष्णु पौडेल र प्रधानमन्त्री पत्नी राधिका शाक्य रहेका थिए । प्रधानमन्त्री ओली सो क्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसहितका पदाधिकारीसँग भेटघाट गरेका थिए ।

Trending News