दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १४ पुग्यो !

दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १४ पुग्यो !


काठमाडौं, जेठ ५ । आईतबार देशका विभिन्न ठाउँमा भएको गाडी दुर्घटनामा परि १४ जनाको मृत्यु भएको छ । धादिङ, बैतडी र उदयपुर र गुल्मीमा भएका छुट्टाछुट्टै गाडी दुर्घटनामा परी १४ जनाको ज्यान गएको हो ।

गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा झापाको काँकरभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको रात्री बस खस्दा खस्दा ८ जनाको ज्यान गएको छ ।

पाँचजनाको घटनास्थलमा, २ जनाको ट्रमा सेण्टरमा र एकजनाको गजुरी अस्पतालमा ज्यान गएको ईलाका प्रहरी कार्यलय गजुरीले जनाएको छ । ज्यान गुमाउनेमा काठमाण्डौको चन्द्रागिरि नगरपालिकाकीसीता थपलिया, थानकोटका राजकुमार सुवेदी, इलामको कन्यामका विशाल गिरी र धादिङ बेनिघाट रोराङ गाउँपालिका ३ का राजन आचार्य रहेका छन् । ज्यान गुमाउनेमध्ये प्रकाश श्रेष्ठ र शेखर मगरको ठेगाना खुलेको छैन । २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।


बैतडीमा ३ जनाको मृत्यु
यस्तै, बैतडीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । दशरथचन्द नगरपालिका ११ नानीगाडमा देहीमाण्डौंबाट नागार्जुनका लागि छुटेको ग १ ज ४९२१ नम्बरको जिप दुर्घटना हुँदा बैतडीको दशरथचन्द नगरपालिका १० का हिराबल्लभ भट्ट, र नरुली भट्टको ज्यान गएको हो । एकजनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।


उदयपुर र गुल्मीमा ३ जनाको मृत्यु
उदयपुरको कटारी नगरपालिका १४ घुर्मी रानी डाँडामा ना ७ ख ७००० नम्बरको टिप्पर दुर्घटना भएको छ । दुर्घटनामा परी सहचालक सिन्धुली दुधौलीका लिलावहादुर सार्की र कटारी ५ भोर्ले का डिकबहादुर बुढाथोकीको मृत्यु भएको छ ।


गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालक दरबार गाउँपालिका १ का मीन बहादुर कुमालको ज्यान गएको छ । लु २ त ६७६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक कुमालको ज्यान गएको र सहचालक मुसिकोट ७ का नारायण राना घाईते भएको प्रहरीले जनाएको छ ।

Trending News