प्रहरी नै बलात्कारीः घाँस काट्न गएका दुई युवती बलात्कृत

प्रहरी नै बलात्कारीः घाँस काट्न गएका दुई युवती बलात्कृत

काठमाडौँ, जेठ ५ । पश्चिम नवलपरासीमा दुई जना प्रहरी जवानमाथि बलात्कारको मुद्धा चलाइएको छ । गत बैशाख १ गते घाँस काट्न गएका २ जना युवतीहरुलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरी जवानहरु प्रेम खड्का र पाटेश्वर यादव रहेका छन् ।

घटना भएको एक महिनासम्म पनि बलात्कृत युवतीहरुले आफन्त र परिवारलाई केही नभनेको तर एक महिनापछि परिवारलाई बताएको र परिवारले करणी गर्ने २ प्रहरीविरुद्ध प्रहरीसमक्ष जाहेरी दिएका छन् । जाहेरी पछि प्रहरीले अभियुक्तहरुलाई निलम्वन गरि अनुसन्धान शूरु गरेको छ ।

पीडित युवतीको उमेर २६ र १७ बर्षको रहेको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएको छ । मुद्धा चलाइएका प्रहरी जवानहरु दंगा नियन्त्रण गण सुनवलमा कार्यरत रहेको बताइएको छ ।

Trending News