जागरण अभियानमा काङ्ग्रेस नेतृत्वप्रति आक्रोश

जागरण अभियानमा काङ्ग्रेस नेतृत्वप्रति आक्रोश

मोरङ, मोरङको उर्लाबारीमा आइतबार आयोजित नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानमा कार्यकर्ताले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् ।
काङ्ग्रेस उर्लाबारी नगर समितिले यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी कार्यकर्ताले प्रदेश र सङ्घीय निर्वाचनको पराजय र त्यसपछि प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्दै कार्यकर्ताले नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका हुन् । काङ्ग्रेसका पूर्व जिल्ला सदस्य राधाकृष्ण पोख्रेलले काङ्ग्रेसभित्र ६०÷४० को भागबण्डा के हो भन्दै नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई प्रश्न गर्नुभएको थियो । आक्रोशित रुपमा प्रस्तुत हुनुभएका उहाँले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, नेता कृष्णप्रसाद सिटौलाको फरक–फरक गुट रहेसम्म काङ्ग्रेसले आगामी निर्वाचनमा पनि विजयी हासिल गर्न नसक्ने बताए । गाउँगाउँसम्म काङ्ग्रेसको नेतृत्वप्रति कार्यकर्ता निराश रहेको बताउँदै उनले यस्तै अवस्थामा पार्टी कसरी बलियो हुन्छ भन्दै प्रश्न ग।
उर्लाबारी–७ निवासी जयधर्म आचार्यले काङ्ग्रेसभित्र अहिले स्नेह र मित्रता नरहेको बताए ।
टङ्कनाथ दाहालले निर्वाचनको टिकट वितरण प्रणालीमा एकलौटी हुँदा काङ्ग्रेसले पराजय बेहोर्नुपरेको बताए

नेपाल महिला सङ्घका मोरङ क्षेत्र नं १ का सभापति गोमा नेपालले काङ्ग्रेसका नेता कार्यकर्तामा आफू आफूमा हार्दिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गनि ।

सोमप्रसाद तिम्सिनाले प्रमुख प्रतिपक्षीको भूमिका अहिले नेपाली मिडियाले गर्नुपर्ने अवस्था आएको धारणा राखे ।

यस्तै सुरेश खड्का, सुरेश राई, नारायणप्रसाद आचार्य, भीम थापा, इन्द्रकुमार ओली, विमल निरौला, जनक खड्का, गीता खतिवडालगायतका पार्टी कार्यकर्ताले पनि पार्टी गुटउपगुट र चुनावी टिकट वितरण प्रणाली निष्पक्ष नहुँदा पार्टीले पराजय व्यहोर्नुपरेको भन्दै आक्रोश व्यक्त गरे ।
कार्यक्रममा काङ्ग्रेसका क्षेत्रीय सभापति एवं उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले काङ्ग्रेसले सक्षम नेतृत्व गर्न नसकेको बताए ।
निर्वाचनमा व्यहोरेको हारपछि बल्ल काङ्ग्रेसको राष्ट्रियव्यापी कार्यक्रम शुरु भएको भन्दै उहाँले कार्यकर्ता उत्साहित नभएसम्म पार्टीलाई सङ्गठित बनाउन नसकिने बताए ।

नेता सिटौलाले सङ्घ र प्रदेशको निर्वाचनमा उम्मेदवार चयन गर्न पार्टी नेतृत्व चुकेको स्वीकार गरे ।

Trending News